श्री शालिवाहनीय शाके १९४२ ने. सं. १९४१ वि.सं. २०७७ साल फागुन ७ गते शुक्रबार, १९ फेब्रुअरी २०२१ । प्रमादी संवत्सर, माघ शुक्लपक्षको सप्तमी तिथि ११ः१३ बजेसम्म, उप्रान्त अष्टमी तिथि, नक्षत्र कृतिका ६ः०९ बजेसम्म, उप्रान्त रोहिणी, चन्द्रमाराशि मेष, सूर्योदय ६ः३७ र सूर्यास्त ५ः५७ मा हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ)
व्यापार–व्यवसायमा लाभ प्राप्त होला । धनलाभ हुने योग छ । मिष्ठान्न भोजन प्राप्त हुनसक्छ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
कार्य सिद्धि होला । मान, सम्मानमा वृद्धि होला । स्वास्थ्यले पनि साथ दिनेछ । उच्च अधिकारीबाट सहयोग मिल्ला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
मानसिक चिन्ता र असन्तुष्टि रहला । व्यवसायमा आफूले सोचेजस्तो नहोला । राज्यबाट भय रहला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
स्वास्थ्यको ख्याल राख्नुहोला । मन अशान्त रहनेछ । रोग–कष्ट आदिको भय हुनेछ । आजको दिन सामान्य छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मन प्रसन्न रहला । धन र स्वास्थ्य लाभको साथ सुख प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त होला । समय राम्रो छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
यात्रा कष्टकर रहला । मन अशान्त रहनेछ । पढाइमा पनि म जाँदैन । आलश्य ज्यादा बढ्नेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सुख र धनको प्राप्ति हुनेछ । नयाँ वस्त्र प्राप्त हुनसक्छ । आफन्तबाट सहयोग प्राप्त होला । मिष्ठान्न भोजन प्राप्त हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
वस्त्र तथा आभूषणको व्यापार–व्यवसायबाट प्रशस्त लाभ होला । धार्मिक कार्यमा मन जानेछ । समय उत्तमखालको छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आफ्नो स्वास्थ्यको विशेष ध्यान दिनुहोला । व्यर्थको कार्यमा आफ्नो ऊर्जा र पैसाको नाश हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सरकारी क्षेत्रस“ग सम्बन्धित कामकाजहरूमा सफलता र लाभ प्राप्त होला । मन प्रसन्न रहनेछ । दिन सामान्य छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
तपाईंको प्रभावमा वृद्धि हुनेछ । शत्रुहरूमाथि तपार्इंको प्रभाव रहनेछ । यात्रा सफल रहला । मन प्रसन्न रहनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
स्वास्थ्यले साथ नदेला । यो समयमा मन्दिर या धार्मिकस्थलको दर्शन गर्दा राम्रो हुनेछ । समय सामान्यखालको छ ।