श्री शालिवाहनीय शाके १९४२ ने. सं.१९४१ वि.सं. २०७७ साल फागुन ८ गते शनिबार, १८ फेब्रुअरी २०२१ । प्रमादी संवत्सर, माघ शुक्लपक्षको अष्टमी तिथि ११ः३४ बजेसम्म, उप्रान्त नवमी तिथि, नक्षत्र रोहिणी ६ः०२ बजेसम्म, उप्रान्त भरणी, चन्द्रमाराशि मेष, सूर्योदय ६ः३९ र सूर्यास्त ५ः५६ मा हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
आज शुभकार्यको चर्चा चल्नेछ । आफन्तको सहयोगबाट कार्य पूरा हुनेछ । प्रेमीको साथ र सहयोग पाइनेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अवसरलाई पछ्याउन नसक्दा व्यवहारमा पछि परिनेछ । हतार गर्ने बानीले समस्या निम्त्याउने देखिन्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
धैर्य एवम् लगनशीलताले मात्र उपलब्धि दिलाउन सक्छ । थालेको काम बीचैमा रोकिन सक्ला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अवसर आए पनि नया“ काममा थाल्नुअघि राम्ररी विचार पु¥याउनु होला । समयको गतिलाई पछ्याए सफलता मिल्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
वैदेशिक यात्राको योग रहेको छ । आफूले सोचेका कार्यहरू पूरा हुँदै जाँदा मन प्रसन्न रहने देखिन्छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
काममा चुनौती आउन सक्छ । आम्दानीका स्रोत कमजोर बन्नेछन् । बेलैमा होस पुर्याउनु होला । दिन सामान्य छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सभासमारोहमा सरिक भइनेछ । अचल सम्पत्ति हातपर्न सक्छ । शुभसमाचार सुन्न पाइएला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आफूले गरेको कार्यबाट प्रशंसा मिल्नेछ । आफ्नो क्ष्ँेत्रमा प्रभुत्व जमाउन सकिनेछ । आकस्मिक धनलाभ होला । ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
तत्कालको सानो फाइदामा लाग्दा पछुतो होला । साझेदारी कार्यमा समस्या आउने योग रहेको छ । दिन मध्यम् देखिन्छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
कष्टकर यात्रा गर्नुपर्ला । अतिथिको रूपमा सत्कार पाइएला । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आजको दिन उत्तम रहेको छ । मन प्रसन्न रहनेछ । उत्साहको साथ कार्य गर्दा कार्यहरू सफल हुने देखिन्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आज प्रेमीको सहयोग प्राप्त हुनेछ । अतिथिको सत्कार गर्न पाइएला । अतिथिको सत्कार गर्न पाइएला । वैदेशिक क्षेत्रमा सफलता मिल्ने योग छ ।