श्री शालिवाहनीय शाके १९४२ ने. सं. १८४१ वि.सं. २०७७ साल  फागुन १२ गते बुधबार, २४ फेब्रुअरी २०२१ । प्रमादि संवत्सर माघ शुक्लपक्षको द्वादशी तिथि १८ः२३ बजेसम्म, उप्रान्त त्रयोदशी, नक्षत्र पुनर्वश १३ः३१४ बजेसम्म, उप्रान्त पुष्य, चन्द्रमाराशि मिथुन, सूर्योदय ६ः३२ र सूर्यास्त ६ः०१ मा हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ)

केही अप्ठ्यारोमा परिएला । हतार गर्नाले काम बिग्रन सक्ने देखिन्छ । त्यसैले सचेत रहनु होला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

कार्य सिद्धि होला । मानसम्मानमा वृद्धि हुनेछ । स्वास्थ्यले साथ दिनेछ । आफन्तजनको सहयोग मिल्ला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

मानसिक असन्तोष पैदा हुनेछ । कुटुम्बजनहरूसँग सुमधुर सम्बन्ध बनाउने प्रयत्न गर्नुहोला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

पारिवारिक झै–झगडाको कारणले तुरुन्त निर्णय नलि“दा राम्रो हुनेछ । केही समस्या आउन सक्ला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

श्रम गरे पनि लगनशीलताले विशेष उपलब्धि दिलाउनेछ । अध्ययन–अध्यापनमा रुचि बढ्ने देखिन्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

अरूको प्रभावमा परेर गोपनीयता भङ्ग हुनसक्छ ।आफ्ना कमजोरी सार्वजनिक नगर्नु नै बेस होला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

आजको परिश्रमले भविष्यमा मान र प्रतिष्ठा दिलाउन सक्छ । मिहिनेत गर्दा आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिएला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

स्वास्थ्यसम्बन्धी समस्याले सताउन सक्ला । सवारी साधन चलाउँदा विचार पु¥याउनु होला । दिन सामान्य छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

व्यापार–व्यवसायमा लगानी गर्दा प्रशस्त लाभ मिल्नेछ । वैदेशिक क्षेत्रबाट पनि प्रशस्त लाभ मिल्ने देखिन्छ ।

 मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

आज कार्य सिद्ध हुने योग छ । यात्राको सम्भावना पनि देखिन्छ । मन प्रसन्न रहला । दिन राम्रो रहेको छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

व्यापार–व्यवसायबाट लाभ प्राप्त होला । मिष्ठान्न भोजन प्राप्त हुनसक्छ । सन्तानबाट सन्तुष्टि प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

थालेको कामकाज सफल होला । आज तपाईंको समय अनुकूल रहने देखिन्छ । छोटो दूरीको फलदायी यात्रा होला ।