श्री शालिवाहनीय शाके १९४२ ने. सं. १८४१ वि.सं. २०७७ साल  फागुन १४ गते शुक्रबार, २६ फेब्रुअरी २०२१ । प्रमादि संवत्सर माघ शुक्लपक्षको चतुर्दशी तिथि १६ः०९ बजेसम्म, उप्रान्त पूर्णिमा, नक्षत्र अश्लेषा १२ः५२ बजेसम्म, उप्रान्त मघा, चन्द्रमाराशि सिंह, सूर्योदय ६ः३० र सूर्यास्त ६ः०२ मा हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ)
बाध्यताले  अप्ठयारो पार्न सक्छ । सामान्य काममा धन र श्रमसमेत खर्च हुनेछ । गोपनियता भङ्ग हुनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
राम्रो उपलब्धी हातलागि हुने समय छ । रोकिएको काम बन्नेछ भने जिम्मेवारीसमेत बढ्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
प्रतिस्पर्धामा विजयी भइनेछ भने ईष्र्या गर्नेहरूले हार खानेछन् । पराक्रमद्वारा अधिकार स्थापित हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
बिहानको काम सन्तोषजनक नभए पनि बिस्तारै मनको डर हराउनेछ । मिहिनेतले प्रतिष्ठित काम सम्पादन हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
समयको गतिलाई पछ्याउन नसक्दा परिस्थितिसँग सम्झौता गर्नुपर्ला । धैर्य एवम् लगनशीलताले फाइदा हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
परिस्थितिवश सानोतिनो समस्याले उल्झाउन सक्छ । मिहिनेतीहरूका लागि भने समय उत्साहजनक नै रहनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आँट गर्दा दिगो काममा हात हाल्न सकिनेछ । बोलीको प्रभाव बढ्नाले विशेष अवसर प्राप्त हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला । महत्वकांसी योजना तत्काल सार्वजनिक नगर्दा उचित हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सेयरमा लगानी गर्दा प्रसस्त लाभ रहनेछ । वैदेशिक क्षेत्रबाट पनि प्रसस्त लाभ रहने देखिन्छ ।

 मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
वस्त्र आभूषण व्यापार–व्यवसायबाट प्रसस्त लाभ रहनेछ । उच्च अधिकारीबाट मान सम्मान पाईनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
विभिन्न अवसर प्राप्त हुनुका साथै सफलताको यश प्राप्त गर्ने समय छ । सफलताले काममा पनि उत्साह जगाउनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
राम्रो उपलब्धि हातलागी हुने समय छ । रोकिएको काम बन्नेछ भने जिम्मेवारीसमेत बढ्ने छ । जीम्मेवारी बढ्नेछ ।