बिर्तामोड । काठमाण्डौको ग्लेसियर इन्टरनेशनल स्कुल एण्ड कलेजले झापाको बिर्तामोडमा रहेको बिराटज्योती अङग्रेजी आवासीय मावीको ब्यवस्थापना गर्ने भएको छ ।
अन्तराष्ट्रिययस्तरको शिक्षा प्रदान गर्दै आएको ग्लेसियरको ब्वयस्थापनले झापाको शिक्षा क्षेत्रमा उल्लेख्य सुधार हुने बिश्वास लिएको बिराटज्योतीले जनाएको छ ।
झापाको बिर्तामोडमा शुक्रबार एक समारोहको आयोजना गरी दुइवटै बिद्यालयले ब्यवस्थापन परिवर्तन गर्ने निर्णय गरिएको बताएका छन् । बिराटज्योतीका संस्थापक गणेश ओली र ग्लेसियरका प्रधानाध्यापक दिवस शाक्यले यसै शैक्षिक शत्रदेखि ब्यवस्थापनको जिम्मा ग्लेसियरले लिएको बताएका छन् ।
बिराटज्योतीको शिक्षा तथा शुल्क ब्यवस्थापनको जिम्मा अब ग्लेसियरले गर्ने सहमति गरिएको संस्थापक ओलीले बताए ।
परम्परागत रुपमा बिद्यार्थीलाई गाली गर्दै, पिट्दै घोकाउने तथा रटाउने खालको शैक्षिक प्रणालीलाई पुर्णत अन्त गर्ने ग्लेसियरका प्रधानाध्यापक शाक्यले बताए । बिद्यार्थीलाई खाँदै, खेल्दै रमाइलो वाताबरणमा पढेको कुरालाई ब्यवहारमा लागू गर्न सिकाउने शिक्षा दिने प्रतिबद्धता उनले जनाए ।
नर्सरीदेखि कक्षा–१२ सम्म अध्ययन हुने बिराटज्योती २०५३ सालमा स्थापना भएको हो । २०५१ सालमा स्थापना भएको ग्लेसियरले बिद्यालय तहदेखि बिभिन्न प्राविधिक उच्चशिक्षाका कक्षा सञ्चालन गरिरहेको छ । ग्लेसियरले झापाका बिद्यार्थीले काठमाण्डौ लगेर पढाउनुपर्ने बाध्यता अन्त्य गर्दै गुणस्तरीय शिक्षा उपलब्ध गराउन प्रतिबद्ध रहेको जनाएको छ ।
भारतको हैदरावादमा रहेको आइरिस फ्लोरेन्टको फ्रेन्चाईज अन्तर्गतको मन्टेश्वरी शिक्षा उपलब्ध गराउँदै आएको ग्लेसियरले बिराटज्यातीमा आगामी बर्षदेखि सो शिक्षा भित्र्याउने जनाएको छ । सहकार्य पश्चात दुबै बिद्यालयले शैक्षिक र प्राविधिक सहयोग आदान प्रदान गर्ने सहमति पनि भएको छ । ग्लेसियरले यसअघि काठमाण्डौको कोटेश्वरमा रहेको नेशनल कलेजसँग यस्तो सम्झौता गरिसकेको जनाएको छ ।