धरान । धरान–१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलका विद्यार्थीहरुले धरानको बुढासुब्बा मन्दिर परिसरमा सरसफाई गरेका छन् । 

विद्यार्थीहरुले प्रोजेक्ट नेचर नेपालसँगको सहकार्यमा मन्दिर वरपर सरसफाई गरेका हुन् । धार्मिक पर्यटकीय तथा ऐतिहासिक स्थलका रुपमा रहेको बुढासुब्बा मन्दिर क्षेत्रमा प्लाष्टिक जन्य फोहोरहरु बढ्दै गएकाले वातावरणमा त्यसले पार्ने असर बारे विद्यार्थीलाई जानकारी गराउन र धरानको पर्यटन र वातावरणलाई स्वच्छ बनाउन विद्यालयले सहभागीता जनाएको हिबिस्कसका निर्देशक गंगाराम राईले बताए । 

उनले भने ‘विद्यार्थीलाई स्वच्छ वातावरणप्रति जिम्मेवार बनाउन पनि यस्तो अभियान आवश्यक छ ।’

प्रोजेक्ट नेचर नेपालले विभिन्न विद्यालयका विद्यार्थीहरुसँग सहकार्य गरेर सरसफाई कार्यक्रम गरेको छ ।

hibi