अहिलेसम्ममा झापामा ४५ हजारभन्दा बढीले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् ।

जिल्लाका १५ वटै स्थानीय तहमा पहिलो चरणको खोप लगाउनेको संख्या ४५ हजार ३५२ रहेको छ । जसमध्ये सबैभन्दा बढी दमक नगरपालिकाका पाँच हजार ४५५ ले र सबैभन्दा कम बाह्रदशी गाउँपालिकाका एक हजार २०० ले खोप लगाएका छन् ।

शिवसताक्षी नगरपालिकाका चार हजार ७४९ ले, गौरादह नगरपालिकाका चार हजार ६५३, विर्तामोड नगरपालिकाका तीन हजार ७७३, कनकाई नगरपालिकाका तीन हजार ४९९, कमल गाउँपालिकाका तीन हजार २४८ र भद्रपुर नगरपालिकाका तीन हजार ७५ ले कोभिशिल्ड खोप लगाइसकेका छन् ।

यसैगरी मेचीनगर नगरपालिकाका दुई हजार ८५४, अर्जुनधारा नगरपालिकाका दुई हजार ७२३, गौरीगञ्ज गाउँपालिकाका दुई हजार ४५१, कचनकबल गाउँपालिकाका दुई हजार १२३, हल्दिबारी गाउँपालिकाका दुई हजार एक, झापा गाउँपालिकाका एक हजार ८२३, बुद्धशान्ति गाउँपालिकाका एक हजार ७०९ ले र बाह्रदशी गाउँपालिकाका एक हजार २०० ले उक्त खोप लगाएका छन् ।

झापामा पहिलो चरणमा कोभिड १९ महामारीविरुद्ध अग्रपंत्तिमा खटिएका स्वास्थ्यकर्मी, सरसफाइकर्मी र स्वयमसेवकले खोप लगाएका थिए । त्यसपछिका चरणमा पत्रकार, सुरक्षाकर्मी, जनप्रतिनिधि र ज्येष्ठ नागरिकले खोप लगाउन पाएका थिए । गत फागुन २३ गतेदेखि प्राथमिकताका आधारमा खोप लगाउने कार्य जारी छ ।