लक्ष्मीमार्ग । डाँगीहाटमा जारी प्रदेशस्तरीय खुल्ला नकआउट फुटबल प्रतियोगितामा धरान सिटी एकेडेमी अन्तिम चारमा प्रवेश गरेको छ ।
मोरङको बेलबारी–९ डाँगीहाटस्थित काली माविको खेलमैदानमा सोमबार सम्पन्न खेलमा आयोजक डाँगीहाट जागृति क्लब (रातो) लाई ३–१ गोलअन्तरले हराउँदै धरान सिटी अन्तिम चारमा प्रवेश गरेको हो ।
विष्णु सुनारको कप्तानीमा खेलेको धरान सिटीका तपन कार्कीले दुई गोल र मपलन लिम्बूले एक गोल गरेका थिए । त्यस्तै डाँगीहाटका आशिष चापागाईंले गोल गरे ।
खेलको म्यान अफ दी म्याच धरान सिटीका तपन कार्की घोषित हुँदै नगद २५ सय रुपैयाँ पाए । आज (मङ्गलबार) को खेल ब्रदर्श युनाइटेड झापा र उर्लाबारी फुटबल क्लबबीच हुँदै छ ।
प्रतियोतिगा विजेताले नगद १ लाख १ हजार र उपविजेताले नगद ५१ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण–पत्र पाउनेछ । प्रतियोगितामा ८ टिम सहभागी छन् । फाइनल यही चैत १४ गते हुँदै छ ।