मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. ७ मधुमल्लाबाट प्रतिबन्धित औषधि ट्रामाडोल हाइड्रोक्लारिक, नाइट्रोजपेन ट्याब्लेट, स्पेशपेन नामक औषधिजन्य (लागूऔषध) सहित प्रहरीले २ जना लाई पक्राउ गरेको छ ।
सोमाबार बिहान मधुमल्लाबाट औषधिजन्य पदार्थलाई लागू औषधको रुपमा प्रयोग भइरहेको अवस्थामा सो समूहलाई प्रहरीले नियन्त्रमा लिएको इलाका प्रहरी कार्यालय मधुमल्लाका प्रमुख देवेन्द्र फुयालले बताए ।
प्रक्राउ पर्नेहरुमा मोरङ मिक्लाजुङ वडा नं. ७ का २३ वर्षीय सन्चमान सुब्बा र २२ वर्षीय लक्ष्मण भन्ने करण लिम्बू रहेका छन् । उनीहरुको साथबाट प्रहरीले ४४ पत्ता ८ थान ट्रामाडोल, स्पेशपेन २४ पत्ता, नाट्रोजपेन ट्याब्लेट २ पत्ता र रेडमी र सामशुङ मोबाइल १–१ थान प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ परेका दुबै जनालाई थाप कारबाही लागि इलाका प्रहरी कार्यालय उर्लाबारी पठाइएको इलाका प्रहरी कार्यालय मधुमल्लाका प्रमुख देवेन्द्र फुयालले बताए ।