ब्लाष्टखबर । माओवादी केन्द्रले सरकारलाई नैतिक समर्थन नरहेकाे तर प्रविधिक रूपमा सर्मथन फिर्ताकाे चिठीमात्र बुझाउन बाँकी रहेकाे जनाएकाे छ ।
आज बसेको पार्टीको स्थायी कमिटी बैठककना बारेमा जानकारी गराउँदै प्रवक्ता नारायणकाजी श्रेष्ठले समर्थन फिर्ता लिन परिपक्व स्थिति बनिनसकेको बताउँदै उनले भने,‘ हाम्रो नैतिक समर्थन छैन, नेकपालाई विभाजित गरेयता हामीले समर्थन फिर्ता लिइसकेका हौं । प्राविधिक रूपमा समर्थन फिर्ताको कागज बुझाउनमात्र बाँकी छ।’
उनले नयाँ सरकार गठनबारे कांग्रेस र जसपाकोधारणा आफूहरू कुरेर बसिरहेकोबताएका छन्।