धरान/ धरान–१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलका विद्यार्थीहरूलाई मःमः बनाउने तालिम दिइएको छ ।
शुक्रबार विद्यार्थीहरूले स्कुलमै मःमः बनाएर शिक्षक र अभिभावकहरूलाई चखाएका थिए । स्कुलले विद्यार्थीलाई विभिन्न अतिरिक्त क्रियाकलापका साथै प्रोजेक्ट वर्कका रूपमा मःमः बनाउने तालिम दिने गरेको छ ।
सो स्कुलका शिक्षक रोहितकुमार सिंहका अनुसार विद्यार्थीहरूलाई वार्षिक रूपमा मःमः बनाउने तालिम प्रदान गरिन्छ ।
विद्यार्थीहरूलाई खाद्य तथा पोषणसम्बन्धी सचेतना कार्यक्रम समेत सञ्चालन गर्ने गरिएको छ । स्कुलले नेपाल पोषण तथा आहार विज्ञान विद्यार्थी समाजसँग सहकार्य गरेर पोषण सचेतना कार्य गर्ने गरेको स्कुलले जनाएको छ ।
समाजसँगको सहकार्यमा विद्यार्थीहरूको उचाइअनुसारको तौल मापन तथा परामर्श, पोषण सचेतना र कोभिड १९ मा खाना र पोषण बारे जानकारी दिइएको छ ।