विराटनगर । मोरङ व्यापार संघ देशभरीको उत्कृष्ट उद्योग वाणिज्य संघको रूपमा सम्मानित भएको छ । 

‘उद्योग वाणिज्य दिवस २०७७’ एवं नेपाल उद्योग वाणिज्य महासंघको ५५औँ वार्षिक साधारण सभाको अवसरमा १ नं. प्रदेशबाट ‘क’ वर्गको उत्कृष्ट उद्योग वाणिज्य संघको रुपमा मोरङ व्यापार संघ सम्मानित भएको हो । 

उद्योग, व्यापार, व्यवसायको विकास तथा प्रवद्र्धनमा उत्कृष्ट भूमिका निर्वाह गरी महत्वपूर्ण योगदान पुर्याए वापत मुलुककै जेठो उद्योग वाणिज्य संघ ‘मोरंग व्यापार संघ’लाई  प्रधानमन्त्री के.पी. शर्मा ओली र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले संघका अध्यक्ष प्रकाश मून्दडालाई सम्मान पत्र प्रदान गरेका छन् ।