ब्लाष्टखबर । साेमबार प्रतिताेला ८९ हजार ६ सयले काेराेबार भएकाे सुनकाे मुल्य मंगलबार भने सामान्य गिरावट अाएकाे छ । मंगलबार छापावाल सुन प्रति तोला ८९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायीले जनाएको छ ।
महासंघका अनुसार, मंगलवार तेजाबी सुन प्रति तोला ८९ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन तेजाबी सुन प्रति तोला ८९ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
यस दिन चाँदी प्रति तोला १ हजार २ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।