ब्लाष्टखबर । भारतमा पछिल्लाे २४ घण्टामा २ लाख भन्दा बढी काेराेना संक्रमित थपिएका छन् ।
भारतकाे स्वास्थ मन्त्रालयका अनुसार गत २४ घण्टामा २ लाख ७३९ जना संक्रमित थपिएका हुन् । पछिललाे २४ घण्टामा १ हजार ३८ जना संक्रमितकाे मृत्यु भएकाे मन्त्रालयले जनाएकाे छ ।
काेराेनाकाे दाेस्राे लहर चलिरहेकाे भारतमा संक्रमितकाे संख्या बढ्दै जाँदा मृत्यु हुनेहरूकाे संख्यामापनि बृद्धि भएकाे छ । गत २४ घण्टाकाे मृत्यु हुनेकाे संख्या पछिल्लाे एक महिनाकै सबैभन्दा उच्च हाे ।
भारतका विभिन्न सहरहरूका असपतालहरूमा शव व्यावस्थापनमा समस्या उत्पन्न भइरहकाे भारतीय संञ्चारमाध्यमहरूले जनाएका छन् । अस्पतालहरूमा अक्सिजन, भेन्टिलेटर लगयतका उपकरण देखी काेराेना संक्रमितकाे उपचारमा प्रयाेग हुने रेमडेसिभिरकाे अभव हुन थालेकाे छ ।

कतिपय स्थानमा प्रति डाेज १० हजार भन्दा बढिमा रेमडेसिभिरकाे कालाेबजारी भइरहकाे समचारमा उल्लेख गरिएकाे छ ।
मृत्युदर बढ्दाैजाँदा भुपाल लगायतका सहरहरूमा घाट तथा शव दहन स्थलमा दाउरा र जमिनकाे अभाव भइरहेकाे र शव दहनका लागी प्रति शव २० हजारसम्म तिर्नु परिरहेकाे त्यहाका स्थानिय संञ्चारमाध्यमले जनाएका छन् ।
हालसम्म भारतमा १ कराेड ४० लाख भन्दा बढीमा काेराेनकाे संक्रमण देखिएकाे छ । संक्रमणबाट मृत्यु हुनेको संख्या पनि एक लाख ७३ हजार १२३ पुगेको छ ।
कोरोना संक्रमण बढेसँगै महाराष्ट्र, गुजरात तथा दिल्लीका अस्पतालहरुमा बिरामीको चाप बढेको छ । बिरामीको चाप बढेसँगै केही अस्पतालमा पर्याप्त मात्रामा अक्सिजन तथा बेडको अभाव देखिन थालेको छ । सरकारले भने आफ्नो पूर्ण क्षमताअनुसारको अक्सिजन खरिद गरिरहेको र पछिल्ला दिनमा उत्पादन क्षमता पनि बढाइएको दाबी गरेको छ ।