स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै सरकारी अस्पतलाले कोरोना संक्रमितका लागि कम्तीमा ५० बेड छुट्याउनु पर्ने निर्णय गरेको छ ।
नियमित रुपमा अस्पतालमा सेवा लिन आइरहेका सेवाग्राहीहरुलाई कोभिड १९ संक्रमण पुष्टि भएको आधारमै मात्र अन्य अस्पतालहरुमा पठाउने गरेर अनावश्यक दुःख हुने कामहरु नगराउन बिहीबार सूचना जारी गर्दै मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले आग्रह गरेका छन् ।
कोरोना संक्रमण बढ्दै गइरहेको अवस्थामा जनस्वास्थ्यका मापदण्ड कडा रुपमा पालना गर्नुपर्ने सहप्रवक्ता डा अधिकारीले बताएका छन् ।
मन्त्रालयले अति प्रभावित भनी वर्गीकरण गरेका जिल्लाहरुमा (काठमाडौं, ललितपुर, कास्की, रुपन्देही ,चितवन, बाँके ,पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा, बागलुङ) रहेका छन् ।

मन्त्रालयले बढी भीडभाड हुने सबै क्षेत्र तथा सेवाहरु अविलम्ब बन्द गर्नुपर्ने अवस्था रहेको भए पनि विद्यालय, रात्रि व्यवसायहरु, सात बजेपछि सबै रेस्टुरेन्ट तथा क्लबहरु, खेलकुद, जीम, सार्वजनिक पूजाआजा तथा जात्राहरु, सभा, सम्मेलन, बैठक तथा भेलाहरु, सिनेमा हल, सपिङ मल, नाचघर, पार्टी प्यालेस, हेल्थ क्लब, स्विमिङ पुल आदि स्थलमा सहभागी नभइदिन अनुरोध गरेको छ ।