पछिल्लो २४ घण्टामा देशका विभिन्न भागमा पीसीआर र एन्टिजेन विधिबाट गरिएको परीक्षणबाट ५३४ जनामा संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५८८ पीसीआर परीक्षणबाट बिहीबार ४९० जनामा संक्रमण फेला परेको छ भने ५ सय ६४ एन्टिजेन परीक्षणबाट ४४ जनामा संक्रमण पुष्टि भएको छ ।
हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ८२ हजार ५४ पुगेको छ ।
२४ घण्टामा १५७ डिस्चार्ज भएका छन् । निको हुनेको संख्या २ लाख ७४ हजार ६०४ पुगेको छ ।

बितेको २४ घण्टामा कोरोना संक्रमण भएका ५ जनाको मृत्यु भएको छ । मन्त्रालयको तथ्यांक अनुसार नेपालमा मृत्यु भएको मध्ये ३ हजार ६६ जनामा कोरोना संक्रमण देखिएको छ ।
आइसोलेसनमा ४ हजार ३८४ र क्वारेन्टाइनमा ६८ जना रहेको मन्त्रालयको भनाइ छ ।