ब्लाष्टखबर । भारतकाे सूरत सहरकाे एक शमसान घाटमा एउटै चितामा ५ वटा शव जलाइएकाे छ । 

भारतीय सञ्चारमाध्यम नव भारतका अनुसार घाटमा दाह संस्कार गर्नका लागी ल्याइएका शवकाे संख्या अत्याधिक भएकाेहुनाले लामाे समयसम्म दाहसंस्कारका लागी कुर्नु पर्ने भएपछि बुधबार राती एउटै चितामा ५ बटा शव जलाइएकाे हाे । 

सूरतमा मात्र नभएर गुजरातका अधिकांश घाटकाे अवस्था पनि यस्ताै  रहेकाे समचारमा उल्लेख छ । २४ घण्टा घाटमा शवकाे दाहसंस्कार भइरहकाे भएपनि घाटमा शव आउने संख्या बढ्दै गएकाे छ । 

जसमध्ये अधिकांश शव काेराेना संक्रमितकाे भएपनि भारत सरकारकाे आकडा र शमसानमा आएका काेराेना संक्रमितका शवकाे आकडामा अत्याधिक मात्रामा अन्तर रहेकाे समचारमा बताइएकाे छ । 

राज्यकाे चार प्रमुख सहरका नगरनिमले जारी गरेकाे काेराेना बुलेटिनमा दैनिक २५ जनाकाे मृत्यु भएकाे उल्लेख गरिएकाे भएपनि त्याे भन्दा अत्याधिक मात्रामा मृत्यु भएकाे बताइएकाे छ ।

मध्य गुजरातकाे सबै भन्दा ठूलाे अस्पताल एसएसजीमा पछिल्लाे ९ दिनमा १८० जनाकाे मृत्यु भएकाे छ । त्यस्तै, भरूचमा ८ दिनमा २६० जना काेराेना संक्रमितकाे मृत्यु भएकाे उल्लेख भएपनि त्यहाँकाे स्थानिय सरकाेले भने ३६ जना काेराेना संक्रमितकाे मात्र मृत्यु भएकाे  जनाएकाे समचारमा उल्लेख गरिएकाे छ । 

काेराेना संक्रमित मृत्यु हुनेकाे संख्या बृद्धि भएसंगै शवकाे दाह संस्कारमा समस्या उत्पन्न हुनथालेपछि थप तीन नयाँ  घाटबाट शवकाे अन्तिम संस्कार गर्न सुरू गरिएकाे बताइएकाे छ ।