प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसविरुद्ध फेरि एकजुट भएर लड्नुपर्ने बेला आएको बताएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको सर्वदलीय बैठकमा कोरोना भाइरस संक्रमणको महामारी साझा समस्याका रूपमा देखिएकाले एकजुट भएर लड्नुपर्ने बताए ।
आफ्नो धारणा राखेपछि प्रधानमन्त्री ओलीले कोरोना रोकथाम र नियन्त्रणका लागि बैठकमा सहभागी नेतासँग सुझाव मागेका थिए ।
सर्वदलीय बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जसपाका अध्यक्ष महन्थ ठाकुर, नेता लक्ष्मणलाल कर्ण लगायतका सहभागी थिए ।

सर्वदलीय बैठकमा कुरा राखेर सरकारले संसदको हिउँदे अधिवेशन टुङ्ग्याउने र बर्खे अधिवेशनका लागि तयारी गरेको छ ।
बैठकमा प्रधानमन्त्री ओलीले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दल एकजुट भएर अगाडि बढ्नु पर्ने प्रस्ताव राखेको बताइएको छ ।