मोरङ विराटनगर–४ कञ्चनबारीबाट प्रहरीले चेकजाँच गर्दा लागूऔषध सहित सुनसरी धरान ८ का ३२ वर्षीय दिपेन तामाङलाई पक्राउ गरेको छ ।
सोमबार दिउँसो साढे २ बजे उनलाई लागूऔषध लुपिजेसिक ३४ एम्पुल र डाइजापाम ८६ एम्पुलसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।