धरानमा आज मात्रै १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विगत एक सातामा धरानमा ५९ जनामा कोरोना संक्रमण देखिए को छ । 

हिजो साँझ एकैदिन २० जनामा संक्रमण पुष्टि भएको थियो । कोरोना महामारीको दोस्रो लहर शुरु भएपछि संक्रमण तीव्र गतिमा बढेको छ । अधिकांश संक्रमितहरु भारत आउने गरेकाहरुलाई भएको धरान उपमहानगरपालिकाको स्वास्थ्य महशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । 

कोरोना पुष्टि भएकाहरु सबै होम आइसोलेसनमा छन् । सबैको अवस्था सामान्य रहेको महाशाखा प्रमुख मेहताले जानकारी दिए ।