ब्लाष्टखबर । बराहक्षेत्रमा बाबुकाे हत्याकाे आराेपमा छाेरा पक्राउ परेका छन् ।
बराहक्षेत्र ९ का उमेश पौडेल आफ्नै बुवाको हत्या अभियोगमा पक्राउ परेकाे जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएकाे छ । कार्यालयका अनुसार बैशाख ७ गते घरायसी विवादका कारण घरमा रहेकाे तपेशले आफ्नै बुबा ३८ बर्षीय उपेन्द्र पौडेललाई कोखामा हानी घाईते बनाएका थिए ।
घाईते उपेन्द्रको नोवेल अस्पतालमा उपचारको क्रममा आज बिहान ७ बजे मृत्यु भएको थियाे । बुबाकाे मृत्यु पश्चात छाेरालाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।