इनरुवा / कोरोना पोजेटिभ पाइएका इनरुवाका व्यापारीको उपचारको क्रममा मृत्यु भएको छ ।
स्वास्थ्य कार्यालय सुनसरीले ४८ वर्षिय पुरुषको उपचारको क्रममा मुत्यु भएको जनाएको छ । सास फेर्न समस्या भएपछि पीसीआर टेस्ट गर्दा पुरुषमा संक्रमण देखिएको स्वास्थ्यले जनाएको छ । कार्यालयका अनुसार संक्रमित पुरुषलाई बैशाख ३ गते कोभिड १९ उपचार केन्द्रमा भर्ना गरिएको थियो ।
स्थानीयका अनुसार इनरुवाको अस्पतला रोडमा चश्माको व्यवसाय गर्दै आएका ति पुरुष भारत पुगेर फर्किएका थिए । भारतबाट फर्किएर केहि दिन घरमै बसेका उनलाई स्वास्थ्यमा समस्या देखा परेपछि अस्पताल भर्ना गरिएको थियो ।