उदयपुर जिल्लाको त्रियुगा नगरपालिकास्थित गाईघाट बजारबाट ब्राउनसुगरसहित दुई युवालाई प्रहरीले पक्राउ गरेको छ ।

सोमबार बेलुकी त्रियुगा–३ को मिलनचोकको एक स्थानमा ब्राउनसुगर कारोबार हुँदैछ भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले सम्बन्धित स्थानमा छापा मार्दा दुई सय ग्राम ब्राउनसुगरसहित दुई युवालाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।

पक्राउ पर्नेमा त्रियुगा–३ मिलनचोकका ३४ वर्षीय श्यामकुमार चौधरी र सोही स्थान बस्ने २८ वर्षीय रेवत खाती रहेका छन् । 

ब्राउनसुगरसहित पक्राउ गरिएका दुवैलाई जिल्ला प्रहरी कार्यलयको हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको उदयपुरका प्रहरी प्रमुख भीम दाहालले जानकारी दिए ।