सरकारले काठमाडौं उपत्यकाका तीन जिल्लासहित देशका नौं जिल्लामा १५ दिने निषेधाज्ञा लगाएको छ ।
हिजो (सोमबार) साँझ बसेको मन्त्रिपरिषद् बैठकले सीसीएमसीको सिफारिसअनुसार सक्रिय सङ्क्रमितको संख्या दुई सय नाघेका पहाडका र पाँच सय नाघेका शहरका जिल्लामा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो ।
बिहीबारदेखि उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा निषेधाज्ञा जारी हुँदैछ भने बाँके, बर्दिया, बागलुङ र कालीकोटका शहरी क्षेत्र, बढी जनघनत्व भएका क्षेत्र र सीमावर्ती क्षेत्रमा यसअघिदेखि नै निषेधाज्ञा लागू भइसकेको छ ।
सुर्खेतमा आज मंगलबार राति १२ बजेदेखि र कास्कीमा बुधबार बिहान ६ बजेदेखि निषेधाज्ञा गरिँदैछ ।

फाइल तस्बिर