ब्लाष्टखबर । धरानस्थित बीपी काेइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा विराटनगरका एक काेराेना संक्रमितकाे मृत्यु भएकाे छ ।
काेराेना संक्रमण पुष्टि भइ विराटनगर स्थित नाेबेल अस्पतालबाट रेफर भएका विराटनगर १५ का ५६ बर्षीय संक्रमित पुरुषको प्रतिष्ठानकाे कोभिड अस्पतालमा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलले जनाएका छन् ।
उनका अनुसार बैशाख ७ गते काेराेना संक्रमण पुष्टि भएका मृतक बैशाख ९ प्रतिष्ठानकाे काेभिड अस्पालमा भर्ना भइ उपचारत पुरूषकाे साेमबार राती ९ :३० मा मृत्यु भएकाे हाे ।