ब्लाष्टखबर । भारतमा काेराेना संक्रमणकाे दाेस्राे लहरू पुरै देशमा फैलिरहकाे छ । पहिलाे लहर भन्दा घातक रहेकाे दाेस्राे लहरका कारण भारतमा केहिदिन यता दैनिक ३ लाख भन्दा भढी काेराेना संक्रमित थपिदै आएका छन् । सरकारी तथ्याङ्कका आधरमा दैनिक २ हजार भन्दा बढि संक्रमितकाे मृत्यु हुदै आएकाे छ ।
संक्रमित र मृत्युदर उच्च रहकाे भारतका अस्पतालहरूमा विरामीकाे उपचारकालागि आवश्यक अक्सिजन, अस्पतालमा बेड, भेन्टिलेटर लगायत काेराेना संक्रमितका विरामीलाई उपचार गर्न प्रयाग हुने रेमडेसिभिर जस्ताे औषधीहरूकाे पनि अभाव भइरहेकाे छ ।
अर्काे तर्फ मर्नेहरूकाे संख्या अत्याधिक भएकाे हुनाले शव गृहमा समेत ठाउ उपलव्ध हुन छाेडेकाे छ ।
भारतीय संञ्चारमाध्यमहरूका अनुसार कव्रस्तानमा ठाउँ र मसानघाटमा दाउराकाे अभावका कारण शवलाई उखुँ पेलीसकेकाे खाेस्टाले जलाउनु परिरहेकाे छ ।

यस्ताैमा भारतकाे गाजियावादस्थित एक मसानघाटमा लामाे समयदेखी अन्तिम संस्कारकालागी पर्खेर बसकाे शवलाई घाट आसपासमा रहेका कुकुरहरूले चिथरेका छन् ।
गाजियावादकाे हिडनस्थित माेक्ष स्थल मसानघाटमा साेमबार ८ घण्टा देखी अन्तिम संस्कारका लागी पालाेमा राखिएकाे एक शवलाई कुकुले चिथर्न थालेकाे भारतिय संञ्चारमाध्यमले जनाएकाे छ ।
घाटमा अत्याधिक शव भएकाे कारण व्यावस्थापनमा समस्या भएपछि कुकुर घाट क्षेत्र भित्र पसेर शव चिथर्न थालेकाे समचारमा बताइएकाे छ ।
कुकुरले चिथरेकाे शव त्यहाँका जिल्ला न्यायधिसका अर्दलीकाे रहेकाे रहकाे बताइएकाे छ । कुकुरले शव चिथर्न थालेपछि त्यहाँ रहेका आफन्तहरूले मसानघाट व्यावस्थापनमा लापर्वाही गरेकाे भन्दै विराध गरेका छन् ।
सडककाे किनारमा अस्थाइ रूपमा बनाइएकाे घाट चारैतिरबाट खुल्ला भएका कारण कुकुरले अन्तिम संस्कारकाे लागी लाईनमा राखिएकाे शवलाई चिथरेकाे घाट व्यावस्थापकले बताएका छन् ।