मोरङ। मोरङको बिराटनगर महानगरपालिका-७ बाट पेस्तोल सहित १ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सुनसरीको ईटहरी उप-महानगरपालिका-१७ घर भई उक्त स्थानमा आर.एम.टेडर्स हाडवेयर पसलका संचालक २३ बर्षीय सुजित साह रहेका छन् ।
आईतबार राती ८ बजेको समयमा राजश्व अनुसन्धान कार्यालय ईटहरी सुनसरी तथा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा साहले लुकाई छिपाई राखेको अवस्थामा १ थान कटुवा पेस्तोल र सोही पेस्तोलमा लाग्ने २ राउण्ड गोली बरामद गरेको थियो ।
हतियार सहित पक्राउ परेका साहको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।