ब्लाष्टखबर । भारतीय नोटसहित विराटनगरमा भारतीय नागरिक पक्राउ परेका छन् । 

विराटनगर १६ स्थित दरैयाबाट बीआर ३८ टि ३४१० नम्बरको मोटरसाइकलमा सवार भारतको अररिया  का २२ वर्षी रुपेश ठाकुरलाई इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका ठाकुरको साथबाट  भारतिय नोट ५ सयका दरको ७७ थान भारतीय रुपैया ३८ हजार ५ सय  र  १ हजारका दरको २६ थान, ५ सयका दरको ४० थान, सयका दरको ६ थान १० का दरको १ थान गरी जम्मा ४६ हजार ६ सय १० नेपाली रुपैयाँ  बरामद जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । 

पक्राउ परेका भारतिय नागरिकलाई प्रहरी कार्यालय रानीमा ल्याई थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।