सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
भिडीयो

काेराेना संक्रमण बढेपछि नाकामा हेल्थ डेस्क राख्ने वराहक्षेत्रको निर्णय

ब्लाष्ट खबर वैशाख १६, २०७८ २ मिनेट पढाइ ० प्रतिक्रिया
Facebook X Viber

कोरोना संक्रमणको दोस्रो लहर देशविदेशमा भयावह रुपमा देखिइरहेका बेला सुनसरीको धार्मिक, पर्यटकीय क्षेत्र वराहक्षेत्र नगरपालिकाले हेल्थ डेस्क सञ्चालन गर्ने, आइसोलेसन निर्माण गर्ने हाटबजार र धार्मिक क्षेत्रमा नियमन गर्ने निर्णय गरेको छ । 

नगरको विपद् व्यवस्थापन समितिको बुधबार बसेको बैठकले वराहक्षेत्र नगरपालिकाभित्र विभिन्न स्थानमा लाग्ने हाटबजार ०७८ वैशाखभरी बन्द गर्ने निर्णय गरेको छ ।

कोभिड १९ को संक्रमणलाई मध्यनजर गर्दै आइसोलसन सञ्चालन गर्नका लागि छिमेकी नगरपालिका रामधुनीसँग सहकार्य गर्ने निर्णय गरिएको छ । वराहक्षेत्र १ चतरामा अवस्थित पुरानो होल्डिङ सेन्टरसमेत सञ्चालित रामानन्दाचार्य सेवा पीठको भवनलाई आइसोलेसन सेन्टरका रुपमा निर्माण गर्ने निर्णय गरिएको छ ।

यस्तै वराहक्षेत्र नगरपालिकाको विभिन्न नाकाहरुमा बाहिरबाट आउने, व्यक्तिहरुको स्वास्थ्य जाँच र गन्तव्यको रेकर्ड राख्ने निर्णय भएको छ । स्वास्थ्य शाखा प्रमुख सुलोचना चौधरीका अनुसार वराहक्षेत्र नगरपालिकाको नाकाहरु कोशी पुल, मधुवन, शिकारी थान, सुनसरी पुल र पिंडारीमा हेल्थ डेस्क सञ्चालन गर्ने निर्णय गरिएको छ । 

वराहक्षेत्रमा सञ्चालन हुने सार्वजनिक यातायातका साधनमा यात्रा गर्दा यात्रुले अनिवार्य रुपमा मास्क लगाउने, सेनिटाइजर प्रयोग गर्ने, सिट क्षमताभन्दा बढी यात्रु राख्न नदिने निर्णय गरिएको छ । 

यस्तै वराहक्षेत्र नगरपालिकाभित्रका विभिन्न धार्मिक स्थल र धार्मिक कार्यक्रममा अन्यत्रबाट आउने भक्तजनलाई रोक लगाउने र स्वास्थ्य सावधानीका उपाय अवलम्वन गर्ने निर्णय गरिएको छ । 

यस्तै वराहक्षेत्र  नगरपालिकामा सञ्चालित विद्यालयहरुले परीक्षा लिइरहेको पाइएकाले विद्यालयको परीक्षा स्थगन गर्ने समेत निर्णय गरिएको नगर प्रमुख निलम खनालले जानकारी दिए ।


    यो समाचार सेयर गर्नुहोस्
    Facebook X Viber
    ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस् Subscribe

    प्रतिक्रिया ०

    इमेल सार्वजनिक गरिँदैन। सम्पादकको स्वीकृतिपछि प्रतिक्रिया प्रकाशित हुन्छ। ०/१५००
    अहिलेसम्म कुनै प्रतिक्रिया छैन यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

    सम्बन्धित समाचार