विराटनगर । प्रदेश १ सरकारले विराटनगरस्थित कोशि कोभिड उपचार केन्द्रमा थप ९६ शै्याको अस्पताल शुक्रबारदेखि संचानमा ल्याएको छ । 

संचालनमा आएको अस्पतालमा २१ वटा भेन्टिलेटरसहितको आइसियू र ८३ वटा अक्सिजनसहितको शैय्या रहेको छ । 

प्रदेशमा दिनहुँ कोराना संक्रमितको संख्या बढेसँगै गम्भीर भएर अस्पताल भर्ना हुने संक्रमितको सहज उपचारका लागि विशिष्टिकृत सेवासहितको कोभि कोभिड अस्पताल पूर्ण क्षमतामा संचालनमा आएको हो । प्रदेश सरकार र नागरिक केयर सेन्टरको सहकार्यमा निर्माण गरि संचालनमा आएको कोभिड उपचार केन्द्रमा तीन वटा ब्लक रहेको छ । दुई वटा जेनेरल र एउटा एचडियू वार्ड रहेको छ ।

एचडियु वार्डमा अत्याधुनिक उपकरण जडान गरि भेन्टिलेटरसहितको आइसियू २१ शैयंयाको रहेको कोभिड कोभिड उपचार केन्द्रका संयोजक बैजनाथ साहले जानकारी दिए । 

कोभिड १९ उपचार केन्द्रमा हाल गम्भिर खालका ३२ संक्रमित भर्ना गरी उपचार भईरहेको छ । यस अघि ८० बेडको रहेपनि ३२ शैय्या मात्र भेन्टिलेटरसहितको सेवा रहेकाले थप नयाँ संक्रमित अस्पतालमा भर्ना लिन समस्या थियो ।

प्रदेश सरकारसँगको सहकार्यमा निजी क्षेत्रले तयार गरि गत पुस ५ गते नागरिक केयर सेन्टरले प्रदेश १ सरकारलाई हस्तान्तरण गरेको थियो । प्रदेश सरकार र नागरिक केयर सेन्टरको कुल ९ करोडको संयुक्त लगानी रहेको अस्पतालमा कोरोना उपचारका लागि तयार भएको थियो ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र सामाजिक विकास मन्त्री उषाकला राईले शुक्रबार अवलोकनपछि अस्पतालबाट सेवा शुरु भयो ।

विशिष्टकृत अस्पतालको सेवा संचालनमा आएपछि मुख्यमन्त्री राईले गम्भिर खालका विरामीको उपचार अव यही अस्पतालमा उपचार हुने बताए । सक्रमणको दर बढेर भयावहक अवस्था आएमा निजी अस्पतालहरुसँग पनि सहकार्य गरि संक्रमितको उपचारको प्रवन्ध प्रदेश सरकारले मिलाउने मुख्यमन्त्री राईले बताए ।

‘अन्य जिल्लाहरूमा पनि २० शैय्याको आइसोलेन, उपचार केन्द्र बनाउन निर्देशन दिएको छु । त्यसको लागि आवश्यक पर्ने बजेट पनि बिनायोजन भएको छ,’ मूख्यमन्त्री राईले भने ।