इनरुवा । इनरुवाको महेन्द्रचोक क्षेत्र सिल गरिएको छ । तीन दिनको अवधिमा कोरोना संक्रमित २ जनाको मृत्यु भएपछि सुनसरी प्रशासनले सो क्षेत्र सिल गरेको छ ।

प्रशासनले केहि समय अघिबाट उक्त क्षेत्र सिल गरिएको जनाएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले अर्को सुचना जारी नभए सम्मको लागि महेन्द्रचोक क्षेत्र सिल गरिएको बताउनु भयो ।

महेन्द्रचोकमा रहेको एक परिवारका संक्रमित ९ जना मध्ये तीन दिनको अवधिमा आमा छोराले ज्यान गुमाएका छन् ।