काेराेनाकाे दाेस्राे लहरले चिन्ताजनक अवस्थामा पुगेकाे भारतका महामारीसंगै ब्लैक फंगसका विरामी बढ्दै गएका छन् । महाराष्ट्रमा मात्र ब्लैक फंगसका सिकार भएर ५२ जनाले ज्यान गुमाउनुका साथै धेरैले आखाकाे दृष्टि गुमाएकाे भारतीय संञ्चार माध्यमले जनाएका छन् ।
महाराष्ट्रमा काेराेनाकाे दाेस्राे लहर यता मात्र २ हजार भन्द बढीमा ब्लैक फंगस देखिएकाे त्यहाँकाे स्वास्थ मन्त्रालयले जनाएकाे छ । स्वास्थ मन्त्री राजेश टाेपेले प्रतिरक्षा प्रणाली कमजाेर भएकमा यसकाे प्रकाेप देखिएकाे आशंका व्यक्त गरेका छन् ।
महाराष्ट्र सरकारले यस्ता विरामीकाे उपचारकालागी छुट्दै १८ मेडिकल कलेजका अस्पतालहरूमा वर्ड बनाउने भएकाे छ । नाक र आखाबाट फैलिने याे संक्रमण मस्तिष्कसम्म पुग्ने गर्दछ ।
भारतमा महाराष्ट्रसहित अन्य १० राज्यमा ब्लैक फंगसकाे संक्रमण देखिएकाे छ ।