कोभिड–१९ को संक्रमणका कारण यहाँ आज एकैदिन १० कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय प्रमुख कृष्णप्रसाद मिजारले आज तिनको मृत्यु भएको जानकारी दिए । 

सूर्यविनायकको नेपाली सेनाको इन्द्र बक्स गणले शव संकलन गरेर दाहसंस्कार गरेको छ ।

दाङमा भने कोरोनाबाट आज नौ जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय दाङका अनुसार घोराही र तुलसीपुरका तीनतीन तथा दंगीशरण, राप्ती गाउँपालिका र लमही नगरपालिकाका एकएक जनाको मृत्यु भएको कोारोना स्रोत व्यत्ति कमल चन्दले बताए । 

वडा सदस्यको निधन 

 तुलसीपुर उपमहानगरपालिका वडा नं १३ का वडा सदस्य केशरलाल चौधरीको निधन भएको छ । 

उनको आइतबार राति १२ बजे निधन भएको हो । उनी कमलपित्तबाट ग्रसित थिए ।  

–––