धनकुटा । धनकुटा जिल्लामा सोमबार थप ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय धनकुटाका अनुसार १ सय २९ जनाको पिसिआर परिक्षण गर्दा ६१ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
कोरोना पोजिटिभ नतिजा आएकोहरुमा धनकुटा नगरपालिकाका–१९ जना,महालक्षमी नगरपालिकाका–१० जना,पााख्रीबास नगरपालिकाका–४ जना, साँगुरीगढी गाउँपालिकाका –१३ जना, चौविसे गाउँपालिकाका–१४ जना, र छथरजोरपाटी गाउँपालिकाका– १ जना गरी ६१ जनामा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख तुलसी प्रसाद गुरागाईँले जानकारी दिए ।
जिल्लाको यो संक्रमण दर ४८ प्रतिशत हो । संक्रमण दर बढिरहेकोले सम्पूर्णलाई सूरक्षित रहन साथै स्वास्थ्य सुरक्षाको सम्पूर्ण मापदण्ड प्रयोग गर्न समेत प्रमुख गुरागाईँले अपिल गरेका छन् ।