विराटनगर। विराटनगरस्थित कोशी अस्पताल परिसर भित्र छुट्टै भवनमा भेन्टिलेटरसहितको ६१ शैय्याको कोभिड अस्पताल निर्माणको अन्तिम चरणमा पुगेको छ ।
मंगलबारसम्म कोभिड अस्पताल निमार्ण कार्य पुरा हुने भएकोले बुधबारदेखि संक्रमित राखेर उपचार थालिने भएको हो ।
कडा लक्षण भएका कोरोना संक्रमित बढेर अस्पतालको शैय्या भरिएर विरामीले उपचार पाउन छोडेपछि कोशी अस्पतालले कोभिड अस्पताल संचालनमा ल्याउन लागेको हो ।
५ शैय्याको भेन्टिलेटरसहितको आइसियू, २४ बेडको एचडीयू, ३२ अक्सिजनको सहितको बेड संचालनमा ल्याउने कोशी अस्पतालका सुपरिडेन्टडेन्ड (मेसु) डा. चुमनलाल दासले जानकारी दिए ।

अस्पतालको मेडिकल कक्ष र ग्राउण्ड फ्लोरको पोस्टमेटल वार्डलाइ कोभिड अस्पतालको रूपमा संचालन गर्ने तयारी गरिएको छ । ‘अहिले निमार्ण कार्य अन्तिम चरणमा पुगेको छ,’ मेसु दासले भने, ‘मंगलबारसम्ममा सम्पूर्ण तयारी पुरा गरि बुधबारदेखि संक्रमित राखेर उपचार गर्ने हाम्रो तयारी छ ।’
उनका अनुसार मेडिकल कक्ष भित्रको चार वटा कोठा रहेका छन् । यी सबै कोठमा अक्सिजनसहितको बेड राखेर कोरोना संक्रमितको उपचार थपानी उनले बताए । ‘अहिले सीसी टिभी, वाइरिङ, शैय्यामा पु¥याउन अक्सिजनको पाइपे जडानको काम सकिएको छ,’ उनले भने, ‘वेडको पनि व्यवस्थापनको काम भइरहेको छ । शौचचालयको मर्मतको काम बाँकी छ । सम्भवत मंगलबारसम्म सकिनेछ ।’अहिले कोशी अस्पतालमा कार्यरत चिकित्सकको टोलीले संक्रमितको उपचार गर्नेछन् । ‘जनशक्ति अपुग भए थप गरिनेछ,’ मेसु दासले भने ।
कडा लक्षणसहितको गम्भिर प्रकृतिका कोरोना संक्रमितको संख्या अहिले बढेपछि विराटनगरमा संचालित कोभिड अस्पतालहरु भरिन थालेको छ । आइसियू र भेन्टिलेटरमा राखेर उपचार गर्ने विरामीले बेड पाउन छोडेपछि पालो कुर्नुपर्ने अवस्था रहेको छ ।
त्यही भएर संघीय सरकार मातहतमा रहेको कोशी अस्पताल भित्र छुट्टै कोभिड अस्पताल संचालनको तयारी सुरू गरिएको हो । अहिले प्रदेश १ मा दैनिक थपिएको संक्रमित मध्ये आधा भन्दा बढी मोरङको रहेका छन् । त्यसमध्ये पनि प्रदेश १ को राजधानी विराटनगरमा धेरै संक्रमित भेटिन थालेका छन् ।
कोशी अस्पतालमा सिलेण्डर अभाव
बुधबारदेखि कोरोना संक्रमितको उपचार थाल्ने कोशी अस्पताल भित्रको कोभिड अस्पतालमा अक्सिजन सिलण्डेर अभाव देखिएको छ ।
कोशी अस्पताल परिसर भित्र कोभिड अस्पताल संचालनमा आएपछि ३ सय भन्दा बढी अक्सिजनको सिलेण्डर आवश्यक पर्दछ । तर, अहिले यहाँ ७० देखि ८० वटा मात्र अक्सिजन सिलेण्डर रहेको मेसु दासले जानकारी दिए ।
‘कोभिड अस्पताल संचालनमा आएपछि अक्सिजन सिलेण्डर थप गरिनुपर्दछ । अहिले यहाँ भएको ८० सिलेण्डरले पुग्दैन,’ अस्पतालका मेसु डा. दासले भने, ‘कम्तिमा पनि ३ सय थान अक्सिजन सिण्डेर आवश्यक पर्दछ । अहिले कडा लक्षण सहितका संक्रमित बढेकोले गर्दा प्राय अक्सिजन आवश्यक पर्ने संक्रमित आउने गर्दछन् ।त्यही भएकोले हामीले अक्सिजन सिलेण्डर प्रयाप्त माग गरेका छौं ।’
कोभिड अस्पताल संचालनमा आउँदासम्ममा माग गरेजति सिलेण्डर आउने स्थानिय प्रशानले जानकारी गराएको उनले बताए । ‘केही सिण्लेडर रेडक्रसर र उद्योगहरूदेखि संकलन गरेर ल्याउने स्थानिय प्रशासनले जानकारी दिएको छ,’ उनले भने, ‘कोभिड अस्पताल संचालनमा आइसक्दा प्रयाप्त मात्रमा आक्सिजन सिलेण्डर जुटाउने जानकारी आएको छ ।’