नेपाल औषधि व्यवसायी संघ कास्कीले मानवसेवा आश्रम पोखरा–१७ पोखराका आश्रित लाई आवश्यक औषधि सहयोग गरेको छ ।  कोभिड– १९ का कारण बिरामीलाई औषधि अभाव भएको भन्ने थाहा पाएपछि सहयोग गरिएको संघका जिल्ला अध्यक्ष विक्रम .पन्तले जानकारी दिए ।  

उनले आश्रमका बिरामीले यसअघि प्रयोग गर्दै आइरहेको औषधिको सूचीका आधारमा मानसिक स्वास्थ्यका लागि आवश्यक औषधिसहित एन्टिबायोटिक, भिटामिन, घाउखटिरा र चोटपटकमा  लगाइने मल्हम आश्रमका जिल्ला संयोजक राजन सापकोटालाई हस्तान्तरण गरिएको बताए । 

संघका महासचिव पूर्णकाजी बस्नेतका अनुसार आश्रममा हाल १५५  ‘लक्ष्मीनारायण’ छन् ।  आश्रमका गण्डकी प्रदेश संयोजक होमनाथ तिमिल्सिनाले पोखरा–२५ हेम्जास्थित बाबियातरामा मानवीय स्मारक (मानव सेवा धाम)को निर्माण भइरहेको र अहिले कोभिड –१९ का कारण  रोकिएको  जानकारी दिए । सो धाम निर्माणका लागि प्रदेश सरकारको विशेष सहयोग छ । 

रु. एक अर्ब तीन करोडका लागतमा निर्माण हुन थालेको  स्मारकको गुरुयोजनानुसार पाँच सय क्षमताको सडक मानवता जागरण तालीम केन्द्र, बालोद्यान, यात्रु सेवा सत्तललगायत आवश्यक संरचना हुनेछन् । विसं २०८० सम्ममा सडकमानवमुक्त बनाइने अभियानानुसार  योजनाबद्ध कार्यमा लागेको उनको भनाइ थियो ।  

–––