धरान । राउन्ड टेबल धरान २६ ले कोरोना महामारीका बेला अग्रपंक्तिमा खटिएका सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । त्यसक्रममा सञ्चारकर्मीलाई पनि मास्क र सेनिटाइजर प्रदान गरेको छ ।
राउन्ड टेबलका अध्यक्ष आशिष अग्रवालले जिल्ला ट्राफिक प्रहरी कार्यालय र नेपाल पत्रकार महासंघ सुनसरीलाई मास्क र सेनिटाइजर वितरण गरिएको बताए । महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईले सहयोग गर्ने राउन्ड टेबललाई धन्यवाद दिए । उनले पत्रकारहरुलाई आवश्यकताको आधारमा वितरण गरिने जानकारी दिए । राउन्ड टेबलले धरानका सामुदायिक विद्यालयलाई शैक्षिक सामग्री प्रदान गर्दै आइरहेको छ । धरान १७ को सम्यक आधारभूत विद्यालयलाई राउन्ड टेबल धरानले विभिन्न सामग्री प्रदान तथा खानेपानीको ट्यान्कीसमेत बनादिएको छ ।