ब्लाष्टखबर ।   धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जना काेराेना संक्रमितकाे मृत्यु भएकाे  छ । 

प्रतिष्ठानका सह–प्रवक्ता डा. चुणामणी पाेखरेलका अनुसार  मोरङको सुन्दरहरैँचा १० का  ७२ वर्षीय वृद्ध पुरुषको मङ्गलबारसाँझ ५ः३० बजेतिर मृत्यु भएको हो ।  पोखरेलका अनुसार मृतक वृद्ध वैशाख १० गते कोरोना पुष्टि भइ ११ गते प्रतिष्ठानकाे काेभिड अस्पतालमा  भर्ना भएका थिए  ।

त्यस्तै बेलबारी नगरपालिका –९ घर भएकी ५६ वर्षीया महिलाको मङ्गलबारसाँझ ६ः३० बजेतिर प्रतिष्ठानमै मृत्यु भएको छ । उनलाई जेठ २ गते कोरोना पुष्टि भइ ३ गते   प्रतिष्ठानकाे काेभिड अस्पतालमा चर्ना गरिएकाे थियाे  ।