ताप्लेजुङ/ प्रतिनिधीसभा सदस्य योगेस भट्टराईको पहलमा आएको स्वास्थ्य सामग्री जिल्ला अस्पताल ताप्लेजुङलाई हस्तान्तरण गरिएको छ ।
एन्टीजिन किट ४ सय थान, अक्सिजन कन्स्ट्रेटर ७ थान, एन ९५ मास्क सय थान, पिपिई सय थान, पन्जा सय जोर, सर्जिकल मास्क २ हजार थान, सेफ्टी चस्मा ५० थान र स्यानिटाईजर २० लिटर प्रदान गरिएको हो ।
डा. सन्दुक रुइत लगायतले सामग्री खरिदमा सहयोग गरेका थिए । अस्पतालका प्रमुख डा. सोनिङ लामालाई समग्री बुधबार हस्तान्तरण गरिएको हो । ताप्लेजुङमा कोरोना संक्रमितको संख्या दिनानुदिन बढिरहेको छ ।
गम्भिर भएर अस्पताल भर्ना हुने पनि बढिरहेका छन् । गत जेठ ३ गते सांसद भट्टराईले आयोजना गरेको सर्वपक्षिय भर्चुअल बैठकमा अस्पतालले स्वास्थ्य सामग्रीको अभाव रहेको जनाएको थियो ।

सोहि आधारमा उक्त परिमाणका सामान उपलब्ध गराइएको भट्टराईका स्वकिय सचिव प्रेम गुरागाईले बताए । जिल्लामा बुधबारसम्म कोरोनाका सक्रिय संक्रमित ३ सय २२ छन् भने ६ संक्रमितको मृत्यु भइसकेको छ ।