पाँचथर उद्योग वाणिज्य संघले जिल्लामा प्रशस्त मात्रामा अक्सिजन कन्सन्ट्रेटर र सिलिण्डरको व्यवस्था गर्न कोष खडा गरेको छ । 

संघले उक्त कोषमा रकम जम्मा गरी सहयोग गर्न जिल्लावासीमा अपिल गरेको छ ।

संघले एनएमबी बैंक लिमिटेडको फिदिम शाखामा उक्त कार्यका लागि खाता सञ्चालनमा ल्याई रकम संकलन थालेको हो । जिल्लामा कम्तिमा २० थान अक्सिजन कन्सन्ट्रेटर तथा कम्तिमा ५० थान अक्सिजन सिलिण्डर जम्मा गर्न संघले अभियान थालेको जनाएको छ । संघका अध्यक्ष दीपक नेपाल र महासचिव नवराज घिमिरेले जिल्लावासीमा सार्वजनिक अपिल गरी सघाउन भनेका छन् ।