धनकुटा । केही दिन यता धनकुटामा कोरोना संक्रमण अत्याधिक मात्रामा बढ्दै गएको छ । बुधबार धनकुटामा ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा सबैभन्दा धेरै सहिदभूमी गाउँपालिका वडा नं. २ मा मात्रै २३ जना संक्रमित छन् ।
धनकुटा अस्पतालको ल्यावमा बुधबार गरिएको पिसिआर परिक्षणको क्रममा ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार भने धनकुटामा ८४ जनामा कोरोना पुष्टि भएको थियो । संक्रमण पुष्टि भएकाहरुमा सहिदभुमी गाउँपालिकामा २३ जना, धनकुटा नगरपालिकामा १० जना, पाखिबास नगरपालिकामा १ जना, महालक्ष्मी नगरपालिका २ जना र साँगुरीगढी गाउँपालिका ९ जना गरी जम्मा ४७ जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको छ ।
धनकुटा अस्पतालका ल्यावमा १ सय ६८ जनामा गरिएको स्वाब परिक्षणका क्रममा जम्मा ६८ जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको धनकुटा अस्पतालका मेडिकल सुपरिटेण्डेड डा. पुजन विश्वकर्माले बताए ।
तीमध्ये ४७ जना धनकुटाका हुन् भन बाँकी भोजपुर र संखुवासभाका छन् । हालसम्म धनकुटा अस्पतालमा १ हजार ५ सय २३ जनाको पिसिआर परिक्षण गर्दा ६ सय २३ जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको छ छ भने ९ सय २२ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।