विजयपुर/ धरान उपमहानगरपालिकाका सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययन गर्ने कक्षा १ देखि ९ विद्यार्थीहरुको अगाडि लिएका परीक्षा मुल्याङ्कनका आधारमा अन्तिम नतिजा सार्वजनिक हुने भएको छ ।
बिहीबार उपमहानगर प्रमुखसहितको बैठकले शैक्षिक शत्र २०७७ का कक्षा १ देखि ९ सम्मका विद्यार्थीहरुको अगाडि लिएको परिक्षाका आधारमा मुल्याङ्कन तथा प्रमाणिकरण गर्ने निर्णय गरेको हो ।
दोस्रो लहरको कोरोना भाइरस समुदाय स्तरमा बढ्दै गएकाले भौतिक उपस्थितिमा परिक्षा सञ्चाालन गर्ने अवस्था नरहेकाले आन्तरिक मुल्याङ्कनबाट प्रमाणिकरण गरिने भएको उपमहानगरका शिक्षा महाशाखाका शाखा अधिकृत मनोज भट्टराईले बताए ।
उपमहानगरले प्रकाशित गरेको सूचनामा अगाडि लिएका परीक्षाहरु, परियोजना कार्य, विद्याँर्थीको उपस्थिति, कार्यसञ्चयिका, निरन्तर विद्यार्थी मूल्याङुकन, आन्तरिक मुल्याङ्कनलगायत बैकल्पिक विधिबाट विद्यार्थीको अन्तिम मुल्याङ्कन र प्रमाणिकरण गर्नुपर्ने निर्णय गरेको जनाएको छ ।
महाशाखाका अधिकृत भट्टराईलाई अन्य बैकल्पिक विधिको विषयमा जिज्ञाशा राखदा अहिले कुनै विधिबाट परीक्षा लिन सक्ने अवस्था नभएकाले अगाडि लिएका परीक्षाका आधारमा मुल्याङ्कलन तथा प्रमाणिकरण गर्नुपर्ने बताए ।
कक्षा–८ हकमा विद्यालयले लिखित र प्रयोगात्मक परीक्षाको प्राप्ताङ्क उपमहानगरमा पठाउनुपर्ने उनले बताए । साथै हार्ड कपि पनि पठाउनु पर्नेछ । उक्त प्राप्ताङ्क तथा हार्ड पपि पनि अगाडि लिएको परीक्षाको नै पठाउनु पर्नेछ ।