ब्लाष्टखबर । धरान १५ मा हाेम आइसाेलेशनमा रहेका ६५ वर्षीय काेराेना संक्रमित वृद्धकाे मृत्यु भएकाे छ । धरान उपमहानगरपालिकाका स्वास्थ महाशाखा प्रमुख उमेश मेहताका अनुसार  जेठ १२ गते काेराेना संक्रमण पुष्टि भइ हाेम आइसाेलेशनमा रहेका वृद्धकाे मध्यराती मृत्यु भएकाे हाे । 

हिजाे (शुक्रबार) पनि २ जना  हाेम आइसाेलेशनमा रहेका काेराेना संक्रमितकाे मृत्यु भएकाे थियाे भने, एक जना वीपी काेइराला स्वास्थ विज्ञान प्रतिष्ठानकाे काेभिड अस्पतालमा र अर्का एक जनाकाे प्रतिष्ठानकै एमरजेन्सीमा मृत्यु भएकाे मेहताले बताएका छन् । 

हिजाे मृत्यु हुनेमा  हाेम आइसाेलेशनमा रहेका धरान १५ का ६४ वर्षीय वृद्ध र धरान १७ का ८४ वर्षीय वृद्ध रहेका छन् भने , इमरजेन्सीमा मृत्यु हुनेृ धरान १६ की ५५ वर्षीय वृद्धा रहेकी छिन् ।

केहिदिन देखी अस्वस्थ रहेकी वृद्धाकाे अचानक स्वास्थ अवस्था विग्रिएपछि प्रतिष्ठानकाे इमरजेन्सीमा पुर्याइएकी उनकाे मृत्यु भएकाे करिव २ घण्टापछि  पिसिआर रिपाेर्टमा संक्रमण देखिएकाे मेहताले बताएका छन् । 

यस अघि हिजै २८ बर्षीय धरान १७ की युवतीकाे  प्रतिष्ठानकाे काेभिड अस्पतालमा उपचारकाे क्रममा मृत्यु भएकाे थियाे ।