कोशीलाई ४, धरानलाई ५, उदयपुरलाई ४, ताप्लेजुङलाई ३ थान

धरान । सात प्रदेशमध्ये गण्डकी, बाग्मती र दुइ नम्बर प्रदेशका विभिन्न प्रादेशिक र जिल्ला अस्पतार र कोभिड अस्पतालहरुमा पोर्टेवल भेन्टिलेटर वितरण गर्दै गोर्खा सेमेट्रीज ट्रस्टका टोली प्रदेश १ मा आइपुगेका छन् । 

गोर्खा सेमेट्रि ट्रस्ट हङकङ (जिसिटी) ले नेपालका कोरोना संक्रमित गम्भीर विरामीका लागि आर्थिक संकलन गरेर पठाएका ५० थान पोर्टेवल भेन्टिलेटर गोर्खा सेमिट्री ट्रस्ट नेपाललाई सरकारसंग समन्वय गरेर वितरणको जिम्मा दिएको छ । सोही जिम्मेवारीअनुसार ट्रस्टका नेपाल अध्यक्ष महेन्द्र राईसहितको टोलीले प्रदेश १ का मुख्य मन्त्री शेरधन राईलाई भेटेर पुर्वका विभिन्न अस्पतालमा १६ थान पोर्टेबल भेन्टिलेटर वितरण जारी राखेको छ । 

मंगलबारमात्र ट्रस्टले धरान उपमहानगरपालिका र नेपाल पत्रकार महासङ्घ सुनसरीको सहकार्यमा सञ्चालित धरान–१९ स्थित हरियाली आइसोलेसन सेन्टरलाई पाचथान पोर्टेवल भेन्टिलेटर प्रदान गरेको छ । 

राष्ट्रिय खेलकुद परिषद्का निर्देशक समेत रहेका ट्रस्टका नेपाल अध्यक्ष राईले उपमहानगरपालिकाका प्रमुख तिलक राईलाई ती पोर्टेवल भेन्टिलेटर हस्तान्तरण गरेका थिए । ट्रस्टका नेपाल अध्यक्ष राई र उनका टिम पछिल्लो एकसाता यता पोर्टेवल भेन्टिलेटर वितरण गर्दै पुर्वको दौडाहामा रहेको बताए  । 

उनका अनुसार गोर्खा समेट्रि टस्ट हङकङका अध्यक्ष रत्न खिम्दिङ, सचिव अमोद राई र कार्यकारी सदस्य देवराज राई तथा सामाजिक अभियन्ता युकेश राई र सजंय राईको सक्रियतामा संकलित आर्थिक सहयोगले खरिद गरिएका ती पोर्टेवल भेन्टिलेटर वाग्मती प्रदेशको हेल्पिङ हेण्ड चावहिललाई २, गण्डकी प्रदेशको म्याग्दी जिल्ला अस्पताललाई २, मोरङको कोशी अस्पताललाई ४, जनकपुर प्रादेशि अस्पताललाई ३, राष्ट्रिय खेलकुद परिषदको कोरोना आइशोलेसन सेन्टरलाई २, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान क्षेत्रीय अस्पताललाई ५, राप्ती प्रादेशिक अस्पताल दाङलाई ४, लुम्बिनी प्रादेशिक अस्पताल बुटवललाई ४, दुइ नम्बर प्रदेशको नारायणी प्रादेशिक अस्पताल वीरगन्जलाई ३, बाग्लुङको ग्वालीचौर स्वास्थ्य उपचार केन्द्रलाई २ थान वितरण भइसकेको छ । 

विदेशी बजारमा पोर्टेवल भेन्टिलेटरको मुल्य एउटाको ३ सय ४० अमेरिकी डलर तोकिएको छ । ठेक्का टेण्डर, भन्सार कर, राजश्व तिर्दै ल्यादा शायद डेढ दुइलाख नेपाली रुपैया काट्न सक्छ । 

ट्रस्टका नेपाल अध्यक्ष महेन्द्र राईले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य सेवा विभागले ५ थान पोर्टेवल भेन्टिलेटर राखेको बताए । उनले भने, ‘बांकी ४५ वटा पोर्टेबल भेन्टिलेटर स्थलगत रुपमा पुगेर चाहिएका स्वास्थ्य संस्थालाई  वितरण गर्दै आएका छौं ।’ ती मध्ये उदयपुरको बेल्टारस्थित कोभिड अस्पतालमा ४ थान भेन्टिलेटर बुधबार नै हस्तान्तरण गरिएको पनि उनले बताए ।  ताप्लेजुङको जिल्ला अस्पतालमा ३ थान र ओखलढुङ्गा जिल्ला अस्प्तालमा २ थान वितरण गर्न बांकी छ ।

उनले बर्षा अत्यधिक पर्न थालेकाले ताप्लेजुङलाई दिने पोर्टेवल भेन्टिलेर एम्बुलेन्समार्फत बुधबार नै पठाइएको बताए । कोभिड विरामीलाई लक्षित गरेर भेन्टिलेटर वितरण गर्न ट्रस्टका नेपाल अध्यक्ष राई, उपाध्यक्ष मनिकुमार सुनुवार, महासचिव भोजराज राई, सचिव शान्तमाया परियार, कोषाध्यक्ष रन्जु राई एकसातादेखि आफै गाडि रिजर्भ गरेर तोकिएका स्थलमा पुगिरहेका छन् । 

गोर्खाहरुले पहिलो र दोश्रो विश्वयुद्ध त्यसपछिका विभिन्न युद्धमा सहभागी भएर विरता प्रदर्शन गरेर नेपाललाई चिनाएको र उनीहरुको योगदानको कदर गर्दै सन २००४ मा हङकङ बस्ने नेपालीहरुले गोर्खा सेमेट्री ट्रस्ट संस्था दर्ता गरी विश्वव्यापी सामाजिक काम गर्दै आएका छन् । पछिल्लो समयमा अध्यक्ष रत्न खिम्दिङ, सचिव आमोद राई र कार्यकारी सदस्य देवराज राईलगायतले नेपालमा कोरोना संक्रमित गम्भीर विरामीका लागि आर्थिक संकलन गरेर पोर्टेवल भेन्टिलेटर पठाएको हो । ट्रस्टले दोश्रो चरणमा अक्जिन कन्सन्ट्रेसन पठाउने तयारी गरेको बताइएको छ ।