नेपालमा थप दुई हजार ७६८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या छ लाख १७ हजार ९४७ पुगेको छ । 

थप सात हजार ५६९ को पिसिआर परीक्षण तथा चार हजार ४६८ को एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको थियो ।

पिसिआर विधिबाट एक हजार ९६३ तथा एन्टिजेनबाट ८०५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।   

हालसम्म पाँच लाख ४९ हजार ६८२ जना कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर चार हजार २० सङ्क्रमित निको भएर घर फर्किएका छन् । हाल देशभर ५९ हजार ६२४ सक्रिय सङ्क्रमित रहेका छन् । काठमाडौँ उपत्यकामा ५०८ सङ्क्रमित थपिए 

काठमाडौँ उपत्यकामा पछिल्लो समय ५०८ सङ्क्रमित थपिएका छन् । काठमाडौँमा ३९४, ललितपुरमा ६० तथा भक्तपुरमा ५४ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । 

प्रदेश १ मा कोरोना निको हुने संख्या बढ्दै

प्रदेश १ मा कोरोनालाई जितेर निको हुनेहरुको संख्या बढ्दै गएको छ ।  सामाजिक विकास मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो चौबिस घण्टामा प्रदेशभरि १ हजार ७४० जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ७७७ महिला र ९६३ पुरुष रहेका छन् । मोरङमा सवैभन्दा बढी ६८३ जना संक्रमणमुक्त भएको मन्त्रालयको भनाई छ । हालसम्म संक्रमणमुक्त हुनेको कुल संख्या ५४ हजार ११३ पुगेको छ । 

यसैगरि, पछिल्लो चौबिस घण्टामा प्रदेशमा ३७१ जना संक्रमित थपिएका छन् । थपिएका मध्ये मोरङमा १५२, सुनसरीमा १०२, झापामा ७२, इलाममा ७, पाँचथर, तेह्रथुम र भोजपुरमा ५–५ जना छन् । यस्तै, संखुवासभामा ४, धनकुटामा २, ताप्लेजुङ र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका १५ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । 

मोरङको विराटनगरमा ७८, बेलबारीमा २७, पथरीशनिश्चरेमा ११, सुन्दरहरैचा र उर्लाबारीमा ७–७, बुढीगंगामा ५, सुनबर्षी र कटहरीमा ४–४, केराबरी र रतुवामाईमा २–२, ग्रामथान, जहदा, लेटाङ, मिक्लाजुङ र रंगेलीमा १–१ जना छन् । सुनसरीको धरानमा २९, इटहरीमा २८, बराहक्षेत्रमा २२, दुहवी र रामधुनीमा ६–६, गढीमा ४, इनरुवामा ३, बर्जुमा २, हरिनगर र भोक्राहामा १–१ जना छन् भने झापाको विर्तामोड र मेचीनगरमा १६–१६, भद्रपुरमा १४, कनकाईमा ९, दमकमा ७, गौरादहमा ५, अर्जुनधारामा ३, हल्दिबारी र बुद्धशान्तिमा १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको  छ ।

यसैगरि, इलामको इलाम नगरपालिका र सुर्योदयमा २–२, माई, चुलाचुली र रोङमा १–१, पाँचथरको हिलिहाङमा १ र स्थानीय तह नखुलेका ४, तेह्रथुमको म्याङलुङमा ३ र स्थानीय तह नखुलेका २ जना छन् । भोजपुरको भोजपुर नगरपालिकामा ३ र अरुणमा २, संखुवासभाको सभापोखरी र चैनपुरमा २–२, धनकुटाको छथर र चौविसेमा १–१, ताप्लेजुङको फुङलिङ र उदयपुरको त्रियुगामा १–१ र प्रदेश १ बाहिरका १५ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६७ हजार ५९९ पुगेको छ । सक्रिय संक्रमितका संख्या १२ हजार ४०२ रहेको छ ।

पछिल्लो समय नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट थप ४४ सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या आठ हजार ६४१ पुगेको मन्त्रालयले जनाएको छ ।