लायन्स क्लब अफ पोकली वाटरफल र लायन्स क्लब अफ काठमाडौं हाइटले ओखलढुङ्गास्थित लिखु गाउँपालिकालाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।

कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि क्लबले उक्त स्वास्थ्य सामग्री गाउँपालिकालाई प्रदान गरेको हो । 

लायन्स क्लब अफ काठमाडौं हाइटका प्रेसिडेन्ट लायन अनमिका अर्याल तथा लायन्स क्लब अफ पोकली वाटरफलकी प्रेसिडेन्ट लायन वर्षा राउतले लिखु गाउँपालिकामा आइसोलेसन सञ्चालन गर्नका लागि दुई थान अक्सिजन कन्सन्ट्रेटर मेसिन, पाँच थान शय्या र त्यसलाई आवश्यक पर्ने सम्पूर्ण स्वास्थ्य सामग्री सो गाउँपालिका कोभिड–१९ नियन्त्रण सहयोग समितिका संयोजक सुरेन्द्र बोगटीलाई प्रदान गरे । 

यसैबीच लायन्स क्लब अफ बर्दियाका प्रेसिडेन्ट लायन विनय रावलले समेत सो गाउँपालिकालाई १० हजार सर्जिकल मास्क हस्तान्तरण गरे । सो अवसरमा समितिका संयोजक बोगटीले स्वास्थ्य सामग्रीले कोरोना नियन्त्रण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।