विराटनगर/ विराटनगर – ३ मा रहेकोे बाल सुधार गृहको तीन तलामाथिदेखि हाम फालेर चार जना बालक फरार भएका छन् । कैद सजाय भुत्तान गर्दै आएका चार जना बालक गएर राती फरार भएका हुन् ।

उनीहरूले बाल गृहको तीन तलादेखि हाम फालेर फरार भएको आशंका गरिएको छ । तीन जना जवरजस्ती करणी र एक जना हातहतियार खरखजना मुद्दाका ‘बाल बिज्यक कर्ता’ फरार भएको बाल सुधार गृह विराटनगरका इन्चार्ज मिलन चौहाननले जानकारी दिए ।

फरार भएका तीन जना जवरजस्ती करणाी मुद्दामा कैद सजाय तोकिएका बाल बिज्यक कर्ता हुन भने एक जना हातहतियार खरखजना मुद्दामा अदालतले पुर्पक्षको लागि बाल सुधार गृह पठाएको थियो । फरार हुने जजक मुद्दाका १८, १९ र २० वर्षका छन् भने हातहतियार खरखजनाका १७ वर्ष उमेरका छन् ।

जकक मुद्दाका बाल बिज्यक कर्ताहरूलाई १२, ५ र ७ वर्ष कैद सजाय अदालतले तोेकेको छ ।  उनीहरूको झापा, उदयपुर, संखुवासभा र सोलुखुम्बुका घर छ ।

२४ घण्टा नै प्रहरीको सुरक्षा हुने बाल सुधार गृहमा त्यतिबेला असाई मानबहादुर बस्नेतको नेत्रृत्वमा प्रहरी थियो । बाल सुधार गृहदेखि चार जना बालक फरार भएपछि खोजि कार्य तिव्र बनाएको मोरङ प्रहरीका निमिक्त कार्यालय प्रमुख डिएसपी मन्जिल मुकारूङले जानकारी दिए । ‘अहिले हामीले खोजी कार्य तिव्र बनाइरहेका छौं,’ डिएसपी मुकारूङले भने ।

फरार हुने चार जना बाल बिज्यक कर्ताहरूलाई केही दिन अगाडी कोरोना संक्रमण देखिएर ठिक भइसकेका थिए । त्यही भएर उनीहरुलाई बाल गृह प्रशानले छुट्टै राखेको थियो । छुटै राखेको मौका छोपी रातको समयमा तीन तला माथिको ढोका खोलेर फरार भएको सुरक्षा स्रोतको भनाई छ ।

यसअघि पनि एक वर्ष अगाडी बाल सुधार गृहदेखि दुई जना बालक फरार भएका थिए । त्यसबेला फरार भएको ५ दिनपछि बालकहरुलाई मोरङ प्रहरीले झापाको बिर्तामोडदेखि पक्राउ गरेको थियो ।