मधुमल्ला/ मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. ९ मधुमल्ला बाजार  पुछारबाट मोटरसाइकल चोरीमा  संल्गन २ जना सहित १ थान मोटरसाइकल प्रहरीले नियन्त्रमा लिएको छ ।

शनिबार बिहान ६ बजेको समयमा मोटरसाइकल डोर्याउँदै  आएका दुई जना देखेपछी इलाका प्रहरी कार्यालय मधुमल्लाका प्रमुख प्रहरी नायब निरीक्षक देबेन्द्र फुयालसहितको टोलीले संका लािग केरकार गर्दा उक्त मोटरसाइकल चोरीको भएको थाहा भएका प्रहरी प्रमुख फुयालले बताए ।

इलाका प्रहरी कार्यालय दमकको हुलीयाका आधारमा संका लागि चेकजाँच गर्दा मोटरसाइकल चोरी गरी ल्याएको  खुलेको थियो ।

गएराती करिब ११ बजे दमक नगरपालीका वडा नं. ७ का राजु श्रेष्ठको घरमा पार्किङ गरी राखेको ठाउँबाट बजाजको आर एस २०० पल्सर को २७ प ९४३६ नं.को मोटर साइकल चोरी भएको थियो ।

मोटरसाइकल चोरीमा संलग्न मोरङ मिक्लाजुङ गाउँपालिका वडा नं. ६ का बर्ष १९ का मिलन कार्की र मिक्लाजुङ वडा नं. ९ का बर्ष १९ कै  होमराज कन्दङ्वालाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय मधुमल्लाका प्रमुख प्रहरी नायब निरीक्षक देबेन्द्र फुयालले बताए ।

मोटरसाइकल चोरीमा संलग्नलाई नियम अनुसार कार्वाहिका लागि इलाका प्रहरी कार्यालय दमक पठार्ईएको इलाका प्रहरी कार्यालय मधुमल्लाका प्रमुख देवेन्द्र फुयालले बताए ।