धरान । सामाजिक संस्था राइड फर राइट्स नेपालकी उपाध्यक्ष धरान १६ की शिखा चेम्जोङले जन्मदिनको अवसरमा असहायलाई खाद्यान्न वितरण गरेकी छन् । 

धरान पोजिटिभ समूहको सम्पर्कमा रहेका एचआइभी संक्रमित तथा प्रभावित ५ परिवारलाई खाद्यान्न सहयोग गरेकी हुन् । धरान १ स्थित समूहको कार्यलयमा पुगेर प्रतिपरिवार एक बोरा चामल, दाललगायतका सामग्री दिइन् । गत वर्ष धरान छाताचौकस्थित पुनःस्थापना केन्द्रका असाहयहरूलाई खाना खुवाएकी थिइन् । 

त्यसक्रममा महिला सञ्जालकी अध्यक्ष चेतना श्रेङले प्रति परिवारलाई जनही पाँच सय रूपैयाँ प्रदान गरिन् । धरान पोजिटिभ समूहले दाताहरूलाई धन्यवाद ज्ञापन गर्दै सुनसरीभरिका एचआइभी एड्स संक्रमित तथा प्रभावितहरूलाई सहयोग गर्दै आइरहेको समूहकी प्रमुख सृजना गोलेले जनाइन् ।