नेपालमा पछिल्लो २४ घण्टामा एक हजार ६०३ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । यो अवधिमा आठ हजार १३२ वटा स्वाब नमुनाको परीक्षण गरिएको थियो ।

सुनसरीमा ५५ जना संक्रमित थपिएका छन् । यीबाहेक अरु जिल्लामा थपिने संक्रमितको संख्या ५० भन्दा कम रहेको छ ।

थपिएका नयाँ संक्रमितमा सबैभन्दा धेरै मोरङमा १२९ र काठमाडौंमा ३४२ जना छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले काठमाडौं उपत्यकासहित मुलुकभरका नौ जिल्लामा सक्रिय संक्रमितको संख्या ५०० भन्दा बढी रहेको छ । 

नेपालमा कोभिड संक्रमणमुक्त हुने दर ९४.५१ प्रतिशत पुगेको छ । मृत्युदर १.४३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

हाल देशभर होम आइसोलेसनमा २३ हजार २२८, संस्थागत आइसोलेसनमा दुई हजार ९५१, आईसीयूमा ६०८ र भेन्टिलेटरमा १८१ जना रहेका छन् ।

२६ जिल्लामा २०० भन्दा बढी सक्रिय संक्रमित छन् । नेपालमा कोभिड–१९ संक्रमितको कुल संख्या ६ लाख ८२ हजार ७३९ पुगेको छ । पछिल्लो २४ घण्टामा पुष्टि भएका २७ सँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार २२५ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभरबाट दुई हजार ५५२ जना संक्रमणमुक्त भएका छन् ।